देवदह साप्ताहिक

रुपन्देहीको देवदह–४, भवानीपुरमा रहेको महामाया भवानी माध्यामिक विद्यालयमा शिक्षक कर्मचारी विदाई तथा विजया दशमी, शुभदिपावली, छठ तथा नेपाल सम्बत लगायतका चाड पर्वको अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य कृष्ण श्रेष्ठको अध्यक्षता र देवदह नगरपालिकाका नगरप्रमुख धु्रव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सेवा निबृत्त हुनु भएका विद्यालयका कर्मचारी कुल बहादुर खवासलाई विद्यालयले २० हजार नगद सहित प्रशंसा पत्र र दोसल्लाबाट सम्मान सहित बिदाई गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खरेलले आप्mनो जिम्मेवारी पुरा गर्दा सबैलाई राम्रो हुने बताउनु भयो । उहाँले विद्यालय कर्मचारीहरुलाई सेवा निबृत्त हुदा नगरपालिकाले केही गर्न सक्ने अवस्था भएमा आपूmले पहल गर्ने बताउनु भयो । उहाँले कर्तव्य पुरा गर्नेहरुलाई सबैले माया र सम्मान गर्ने बताउनु भयो । उहाँले चाड पर्व मनाउदा चाडपर्वको संस्कृतिक महत्वलाई ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रधानाध्यापक ऋषिश्वर अर्याल, सल्लाहकार छबीलाल घर्ती जि.सी., कुल बहादुर खवास, पूर्व विद्यार्थी समाजका झविन्द्र पाण्डेय, पूर्व प्रधानाध्यापक दिनानाथ अर्याल, पूर्व शिक्षक लिलाबल्लभ भट्टराई, नारायण लुईटेल, दुर्गा प्रसाद पौडेल, लगायतले निबृत्त जिवनको शुभकामना तथा चाड पर्वको अवसरमा शुभकामना राख्नु भएको थियो । महामाया भवानी मा.वि.मा २०५१ साल देखि खवासले विद्यालय कर्मचारीको रुपमा काम गर्नु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक चिरन्जिवी रेग्मीको स्वागत र विद्यालयका शिक्षक नारायण पाण्डेयको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुको विभिन्न सांस्कृतिक प्रश्तुती रहेको थियो ।