असोज ३१ / रुपन्देहीको देवदहमा पोलियो विरुद्ध सचेतना ¥याली सम्पन्न भएको छ । विश्वलाई पोलियोमुक्त बनाउने अभियान प्रति ऐक्यबद्धता जनाउँदै रोटरी क्लब अफ देवदहको आयोजनामा पोलियो सचेतना ¥याली भएको हो । विश्वलाई पोलियोमुक्त बनाउने अभियानप्रति ऐक्यबद्धता जनाउँदै रोटरी क्लबले ¥याली आयोजना गरेको कार्यक्रम संयोजक अर्जुन न्यौपानेले जानकारी दिनु भयो ।

विश्वबाट पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित ¥याली देवदह–५ स्थित खैरेनी चोकबाट सुरु भई खैरेनी, भलुही, तिलोत्तमाको रामनगर चोक, भवानीपुर, ६ नम्बर चोक र नवलपरासीको ज्यामिरे हुँदै पुनः खैरेनी चोकमा पुगेर समापन भएको हो । ¥यालीमा करिब सय जनाको सहभागिता रहेको क्लबका अध्यक्ष नारायण भण्डारीले बताउनु भयो । अध्यक्ष भण्डारीले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने र यस अभियानमा समुदायको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले पोलियो उन्मूलन अभियानमा रोटरी इन्टरनेसनलले निर्वाह गरेको भूमिकाको प्रसंसा गर्नु भयो । उहाँले पोलियो विरुद्धको विश्वव्यापी अभियानमा रोटरीले विभिन्न संस्था तथा समुदायसँग सहकार्य गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । ¥यालीमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, रोटरी डिस्ट्रिक्ट एडभाइजर एजाज आलम, नगर प्रवक्ता गणेश डुम्रे, क्लबका चार्टर प्रेसिडेन्ट जयकिसन अधिकारी, देवदह साइकल राइडर्स संघका अध्यक्ष ऋषिराम सापकोटा र देवदह जिम हाउसका सञ्चालक मनोज खनाल लगायतको सहभागीता रहेको थियो । रोटरी क्लब अफ देवदहका सचिव रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *