असोज ३१ । देवदह साप्ताहिक
पाल्पाको झुम्साबाट देवदहमा खानेपानी ल्याउने उपल्लो खैरेनी सहलगानी खानेपानी आयोजना सम्पन्न हँुदा देवदहका नागरिकलाई सहज हुने देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले बताउनु भएको छ । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

नगर प्रमुख खरेलले सरकारले खानेपानीका आयोजना सञ्चालन गरेपनि ठेकेदारका कारण समयमा सम्पन्न हुन नसक्दा आमनागरिकले समस्या भोग्नु परेको बताउनु भयो । उहाँले देवदह क्षेत्रमा रहेका खानेपानी संस्थाहरु मर्जर गर्न आवश्यक रहेको बताउदै नागरिकलाई शुद्ध खानेपानीको लागि खानेपानी संस्थाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोडड दिनु भयो । उहाले पछिल्लो समय सामाजिक सञ्जालका कारण विकृति बढिरहेको बताउदै यस तर्फ सवै सचेत हुनु पर्नेमा जोड दिनु भयो ।

देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह–९, का वडाअध्यक्ष मोहन जिसी, पुर्वअध्यक्ष गुमानसिं कुवर, सल्लाहकारद्धय प्रकाश अर्याल, विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष भिमलाल काप्mलले, खानेपानी महासंघका अनिषा लामिछाने, लेखा संयोजक कृष्णप्रसाद न्यौपाने, सञ्चारकर्मीद्धय भिमप्रसाद गुरुङ्ग, तिलोचन दहाल लगायतले आ–आफना भनाई राखेका थिए । उपाध्यक्ष रेनुका पाण्डेको स्वागत र सचिव वावुराम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।