रुपन्देहीको देवदहमा संचालित दुई दिने रजोनिवृत्ति सम्बन्धी सचेतना तालिम सम्मपन्न भएको छ । १८ औँ राष्ट्रिय ग्रामिण महिला दिवसको पूर्वसन्ध्यामा ब्युँझिएका नेपाली गाउँले महिला सञ्जाल, रुपन्देहीको आयोजनामा उक्त तालिमको आयोजना गरेको हो ।

तालिमको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उपप्रमुख विद्यालक्ष्मी गुरुङले रजोनिवृत्ति बारे महिलाहरूमा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाले ग्रामीण क्षेत्रमा महिलाहरूले रजोनिवृत्तिका क्रममा भोग्नुपर्ने विभिन्न शारीरिक तथा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने चुनौतीबारे जानकारी हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन हुँदै आएपनि सचेतनामूलक कार्यक्रम टोलटोल सम्म पु¥याउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा सहभागी महिलाहरूले तालिमबाट सिकेका ज्ञानलाई आफ्नो समूह तथा समुदायमा पुगेर अन्य महिलाहरूसँग पनि साझा गर्न आग्रह गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

तालिममा रजोनिवृत्ति भनेको के हो, सामान्यतया कुन उमेरमा हुन्छ, यस अवधिमा महिलाको शरीरमा देखिने हर्मोन सम्बन्धी परिवर्तन, महिनावारी बन्द हुने प्रक्रिया तथा त्यससँग सम्बन्धित शारीरिक र भावनात्मक परिवर्तनबारे जानकारी गराईएको थियो । त्यसैगरी रजोनिवृत्तिका समयमा देखिन सक्ने तातो महसुस हुने, राति पसिना आउने, निद्रामा समस्या हुने, थकान, मनमा बेचैनी तथा हड्डीको स्वास्थ्यमा पर्न सक्ने असरबारे चर्चा गरिएको थियो । ब्युँभिएका नेपाली गाउँले महिला सञ्जाल, रुपन्देहीकी उपाध्यक्ष देवु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय अध्यक्ष सिता पोखरेल लगायतले आ–आफना भनाई राखेका थिए । सरस्स्वती थापाको धन्यवाद ज्ञापन र सरस्वती पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन भएको थियो ।