देवदह साप्ताहिक / असोज २७ ।

पूर्वी क्षेत्र निजी बिद्यालय एसोसियसन (इप्सा ) देवदहले बिद्यालयका चालक तथा सह चालकका लागी रिफ्लेक्सन ज्याकेट वितरण गरेको छ । ट्राफिक सचेतना कार्यक्रम सहित एक समारोहका बीच ईप्साले चालक तथा सहचालकहरुलाई रिफ्लेक्सन ज्याकेट प्रदान गरेको हो । कार्यक्रममा इप्सामा आवद्ध १७ वटा विद्यालयका एक सय भन्दा बढि चालक तथा सहचालकहरुलाई रिफ्लेक्सन ज्याकेटा वितरण गरिएको इप्साका अध्यक्ष विनोद थापामगरले जानकारी दिनु भयो ।

सोही अवससरमा बोल्दै संस्थाका सल्लाहकार रामबहादुर गुरुङले सचेत चालक र सहचालकका कारण दुर्घटना न्यूनिकरण गर्न सकिनेमा जोड दिनु भयो । विद्यालयका सवारी साधनमा देशका भविष्यहरु सवार हुने भएकाले पनि उनीहरुलाई सुरक्षित गन्तव्यसम्म लैजानको लागि चालक र सहचालकलाई ट्राफिक सचेतना आवश्यक रहेको बताउनु भयो । उहाले संस्थाले प्रदान गरेको रिफ्लेक्सन ज्याकेटलाई सही सदुपयोग गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा ट्राफिक नियम सम्बन्धि जानकारी गराउँदै देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक भिमसेन बिष्टले दुर्घटना न्यूनिकरणका लागि आम नागरिक सचेत हुनुपर्ने औंल्याउनु भयो । पछिल्लो समय बुटवल नारायणगढ विस्तारीत सडकका कारण दुर्घटना बढिरहेको भन्दै सडकमा यात्रा गर्दा ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनिकरण हुनेमा जोड दिनु भयो ।

ईप्सा देवदहका अध्यक्ष विनोद थापाको अध्यक्षता र सचिव कमल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *