देवदह साप्ताहिक

देवदह नगरपालिकाले आ.व.२०८०/०८१ को प्रथम त्रैमासिकमा लक्षको ७४ दशमलब ४२ प्रतिशत राजश्व संकलन गर्न सफल भएको छ / तीन महिनाको अवधिमा १ करोड ४५ लाख ६० हजार १७४ रूपैयाँ राजश्व संकलन गरेको देवदह नगर पालिकाले जनाएको छ / चालू आर्थिक वर्षमा १८ करोड ४१ लाख ६० हजार राजश्व संकलनको लक्ष्य लिएको नगरपालिकाले प्रथम त्रैमासिकमा अपेक्षित लक्ष्यको ७२ दशमलब ४२ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको हो / प्रथम त्रैमासिकमा राजश्व बुझाउनेले १० प्रतिशत छुट पाउने व्यास्था नगर पालिकाले गरेको थियो /

प्रथम त्रैमासिक प्रगति तथा समिक्षा कार्यक्रममा राजश्व शाखा प्रमुख विष्णु प्रसाद बस्याल र सहायक सृजना ओलीले प्रस्तुत गरेको तथ्यांक अनुसार देवदह नगरपालिका कार्यालयले प्रथम त्रैमासिकमा बिभिन्न शीर्षकमा ४४ लाख ८४ हजार २०७ रूपैया राजश्व संकलन गरेको हो   ।

सबैभन्दा धेरै राजश्व संकलन वडा नं. ७ मा

वडा तर्फ सबैभन्दा धेरै राजश्व वडा नं. ७ ले संकलन गरेको छ । १२ लाख ९६ हजार ५६७  राजश्व संकलन गरेको वडा नं. ७ लाई वडा नं. ५ ले पछ्याईरहेको छ  ।  वडा नं. ५ ले १२ लाख ९४ हजार ४९० राजश्व संकलन गरेको छ  ।

कम राजश्व संकलन हुने वडामा वडा नं. ३ को कार्यालय ५ लाख ४० हजार ८२६, वडा  नं. १० को कार्यालय ५ लाख ५० हजार ५४४ र  वडा नं. ६ को कार्यालय ५ लाख ६० हजार ९४७ रूपैया रहेका छन  । यी वडामा छ लाख भन्दा कम राजश्व संकलन भएको छ  ।

कुन वडाबाट कती  राजश्व संकलन ?

कार्यालय संकलित राजश्व 
देवदह नगरपालिकाको कार्यालय४४,८४, २०७.००
वडा नं. १ को कार्यालय६,२०,२२९.००
वडा नं. २ को कार्यालय७,६६, ३७१.८२
वडा नं. ३ को कार्यालय५,४०,८२६.००
वडा नं. ४ को कार्यालय८,३१,८१४.००
वडा नं. ५ को कार्यालय१२,९४,४९०.८४
वडा नं. ६ को कार्यालय५,६०,९४७.६०
वडा नं. ७ को कार्यालय१२,९६,५६७.६७
वडा नं. ८ को कार्यालय६,६०,६८७.००
वडा नं. ९ को कार्यालय११,५८,३४२.४३
वडा नं. १० को कार्यालय५,५०,५४४.४०
वडा नं. ११ को कार्यालय९,२६,७७२.००
वडा नं. १२ को कार्यालय८,६८,३७४.७६
जम्मा ,४५,६०,१७४.६५

कुन शीर्षकमा कती  राजश्व संकलन ?

शीर्षकगत रूपमा देवदह नगरपालिकामा सबैभन्दा धेरै राजश्व बहाल विटौरी करबाट ३६ लाख ५८ हजार ४९९ संकलन भएको छ भने सबैभन्दा कम राजश्व संकलन न्यायिक दस्तुरबाट २०० रूपैयाँ संकलन भएको छ  ।

क्र. सं. शीर्षक संकलित राजश्व 
एकिकृत सम्पत्ती कर२२,१३,३४९.९१
भूमी कर/ मालपोत२२,६२,७४७.००
घर जग्गा रजिष्ट्रेसन दस्तुर ८,०००.००
बहाल कर ८,२२,३२४.८४
घर जग्गा रजिष्ट्रेसन दस्तुर८,०००.००
बहाल कर८,२२,३२४.८४
बहाल विटौरी कर३६,५८,४९९.०६
सवारी साधन कर ( साना सवारी)८,२००.००
व्यवसायले भुक्तानी गर्ने२,९००.००
१०व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने१,०००.००
११अन्य कर१,२२,५९९.००
१२पर्यटन शुल्क७९,६३६.००
१३अन्य सेवा शुल्क तथा बिक्री२४,१८०.००
१४न्यायिक दस्तुर२००.००
१५शिक्षा क्षेत्रको आम्दानी२,८३,६५८.००
१६परिक्षा शुल्क१५,०००.००
१७अन्य प्रशासनिक सेवा शुल्क३२,२३५.००
१८नक्सापास दस्तुर५,१८,८४०.५८
१८सिफारिस दस्तुर२४,२९,१८४.०१
२०व्यक्तिगत घटना  दस्तुर१,६०.१२०.००
२१नाता प्रमाणित दस्तुर२७,६८०.००
२२अन्य दस्तुर३,२०,०४९.००
२३व्यवसाय रजिष्टेशन दस्तुर८,४६,३४४.७०
२४अन्य क्षेत्रको आय२६,८८०.००
२५प्रशासनिक दण्ड जरिवाना र जफत१,०४,०००.००
२६अन्य राजश्व२,२४,५६२.५५
२७व्यवसाय कर३,६७,९८५.५८
 जम्मा१,४५,६०,१७४.६५

त्यसैगरी देवदह नगरपालिका क्षेत्रभित्र लाग्ने सम्पुर्ण हाटवजारहरु ठेक्का प्रकृयाद्धारा पुर्ण रुपमा सञ्चालन भएको  र व्यवसाय कर, मनोरञ्जन कर, बहाल बिटौरी कर लगाएतका कर दाखिलाको लागि सम्बन्धित संघ संस्थाहरुलाई पत्राचार गरिएको समेत देवदह नगरपालिकाले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *