देवदह साप्साताहिक

मुदायिक वनले उपभोक्ताहरुलाई उद्यमशिलतासंग जोड्न सके आर्थिक विकास गर्न सकिने देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । उहाँले वातावरण संरक्षणको लागि सामुदायिक वन क्षेत्रमा रहेका खाली जग्गामा वृक्षरोपण गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदह–५ र ६ को १२ औं बार्षिक साधारण सभामा बोल्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उपप्रमुख गुरुङ्गले वनको संरक्षणले मात्र प्राकृति प्रकोप रोक्न सकिने बताउदै सामुदायिक वनले उपभोक्ताहरुलाई आयआर्जनसंग जोड्नको लागि सिप प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँले वनको संरक्षणसंगै सही सदुपयोग गर्नपर्ने बताउदै देवदह नगरपालिकाले छिट्टै सामुदायिक वन ऐन निर्माण गर्ने गरी अगाडि बढेको जानकारी दिनु भयो । उहाँले आमनागरिकको सहयोगले मात्र नगरलाई सुखी र समृद्ध बनाउन सकिनेमा जोड दिनु भयो । उपप्रमुख गुरुङ्गले वनको संरक्षण, विकासमा सामुदायिक वनसंग हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताउनु भयो । उहाँले विकास निर्माणको काममा सामुदायिक वन र नगरपालिका वीच समन्वय हुन आवश्यक रहेको औल्याउनु भयो ।


बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, वडा नम्वर ६, का वडाअध्यक्ष खेमबहादुर थापा, देवदह सव डिभिजन वन कार्यालयका प्रमुख मुसाफिर भगत, सामुदायिक वन समन्वय समिति पाल्पाका अध्यक्ष दलबहादुर गुरुङ्ग, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, पुर्वअध्यक्ष यमलाल तिवारी, युगज्योति माविका यमलाल अर्याल, केरवानी माविका भिमदेव ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।


साधारण सभाको अवसरमा जेष्ठ उपभोक्ता, अपाङ्गलाई सम्मान गर्नुका साथै केरवानी मावि र युगज्योति माविका गरिव तथा जेहेन्दार ५ जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष रानाले बार्षिक प्रतिवेदनसंगै आगामी योजनाको वारेमा प्रकाश पार्नु भएको थियो भने सचिव राधिकादेवी अर्यालले सामुदायिक वनको करिव एक करोड ५१ लख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका उपाध्यक्ष थमनसिंह गुरुङ्गको स्वागत र लेखा संयोजक सन्तोष भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *