तिलोचन दाहाल

देवदह माध्यमिक विद्यालय देवदह रुपन्देहीले विजया दशमी, सुभ दिपावली, छठ पर्व २०८० को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले विद्यालयमा आर्थिक, सामाजिक, सांस्कृतिक सबै कुराको सिकाई हुने हुदा चाड पर्व मनाउदा आर्थिक क्षेमता अनुसार खर्च गर्नु पर्ने बताउनु भयो । उहाँले ऋण गरेर तडक भडक तरिकाले चाडपर्व मनाउनु भन्दा सामान्य तरिकाले मनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले सबैले आ–आप्mनो जिम्मेवारी सबैले पुरा गर्ने हो भने मात्र समाज परिवर्तन गर्न सकिने बताउनु भयो । उहाँले शिक्षालाई व्यवाहारिक र जिवन उपयोगी बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, लुम्बिनी बिकास कोषका कोषाध्याक्ष सिद्धिचरण भट्टराई, देवदह –७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, पूर्व अध्यक्ष जगननाथ अधिकारी, देवदह प्रहरी कार्यलयका प्रमुख डाक्टर चौधरी, सृजना सामुदायिक वनका अध्यक्ष संझना दुवे, पुर्व जनप्रतिनिधि पदम थापा, पत्रकार तिलोचन दहाल, अभिभावक कोपिला दुवे, विद्यार्थी निस्तिका परियार लगायतले आ–आप्mना भनाईहरु राख्नु भएको थियो ।

विद्यालयका प्रधााना ध्यापक हरी प्रसाद पाण्डेको स्वागत र शिक्षक ईन्दिरा अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय कलाकार बैकुण्ठ महतले दशै सम्बन्धि र शिक्षा सम्बन्धि गीत प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।