देवदह साप्ताहिक  

देवदह नगरपालिकामा रातको नौ बजे सम्म मात्र देउसी भैलो खेल्न सर्वसाधारणमा अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले मौलिक रीति, परम्परा र संस्कृतिलाई प्रोत्साहन गर्न र नागरिकको सुरक्षाको ख्याल गर्दै नगरबासीमा विशेष आह्वान गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनु भयो ।

नगरपालिकाले ठूलो आवाजमा साउण्ड सिस्टम प्रयोग नगर्न अनुरोध गर्दै जुवा-तास-कौडा-सट्टेबाजी-झण्डापूर्जा लगायतका खेल खेल्न र खेलाउन निषेध  गरेको छ । मदिरा र मदिराजन्य वस्तुको विक्रि वितरण रातीको ९ बजेसम्म अनुमति प्राप्त व्यवसायीबाट मात्र गर्ने तथा स्वीकृत नलिई कुनै पनि चिठ्ठा उपहारका कार्यक्रम संचालन नगर्न नगराउन नगरपालिकाले अनुरोध गरेको छ । पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउने एवं विष्फोटक पदार्थको उत्पादन भण्डारण विक्रि वितरण, परिवहन र पैठारी गर्नेलाई कारवाही गरिने समेत नगरपालिकाले जनाएको छ । 

सम्पूर्ण व्यवसाय तथा पसलहरुमा अनिवार्य रुपमा मूल्य सूची राख्न अनुरोध गर्दै नगरपालिकाले नगरभित्रको स्थानीय फूलहरुको उत्पादनलाई प्रवर्धन गर्न र फूल उत्पादक किसानहरुलाई प्रोत्साहन गर्नको लागि दिपावली, छठ लगायतका पर्वहरुमा स्थानीय फूलमालाको मात्र प्रयोग गर्न आह्वान गरेको छ । 

देवदहमा प्लाष्टिकजन्य फूल मालाको प्रयोग र विक्रि वितरणमा गर्न रोक लगाईएको छ । 

देवदह नगरपालिकाले देउसी भैलो खेल्न समय तोके पनि कर्यान्वयनको अवस्था भने कम्जोर रहने गरेको गरेकोछ ।  नियमन राम्रोसंग नहुदा कर्यान्वयनमा समस्या देखिने गरेको हो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *