सेवा केन्द्र उद्घाटनको क्रममा आयोजित रक्तदानमा १ सय १ जनाद्वारा रक्तदान

देवदह साप्ताहिक// कार्तिक २२ ।
पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहले खैरेनीमा सेवा केन्द्र विस्तार गरेको छ । आफनो १२ औं स्थापना दिवसको अवसर पारेर देवदह खैरेनीमा चौथो सेवा केन्द्र विस्तार गरेको हो । सेवा केन्द्रको एक कार्यक्रमका वीच देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेलले उद्घाटन गर्नु भएको हो । सेवा केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख खरेलले आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले सहकारीहरुले आर्थिक विकास संगै सामाजिक उत्तरदायित्वका गतिविधि पनि गर्नुपर्नेमा जोड दिनु भयो । उहाले पछिल्लो समय वित्तिय अराजकता बढिरहेको बताउदै त्यसलाई रोक्नको लागि सहकारीले भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले सहकारीहरुले उत्पादनलाई विशेष जोड दिनु पर्ने बताउदै एकै प्रकारका सहकारीहरुलाई एकिकरण गर्दै लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले युवाहरुलाई उत्पादनसंग जोड्नको लागि सहकारीहरुले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख खरेलले आमनागरिकले रगतको अभावमा मृत्युवरण गर्न नपरोस भनेर नगरपालिकाले निशुल्क रगतको व्यवस्था गरेको बताउनु भयो । उहाँले रक्तदानले कसैको जीवन बचाउन सकिने बताउदै रक्तदान पुण्यको काम भएको बताउनु भयो ।

सोही अवसरमा बोल्दै रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहानले रुपन्देहीलाई रक्तदानको हवको रुपमा विकास गर्दै अगाडि बढेको बताउनु भयो । उहाले रक्तदान गर्नु स्वास्थ्य रहको प्रमाण पनि भएकोले रक्तदान गर्न आवश्यक रहेको बताउनु भयो । उहाले ५० पटक रक्तदान गर्ने रक्तदातालाई समाजले गोल्डेन मेडलबाट सम्मान गर्ने गरी अगाडि बढेको बताउनु भयो । उहाँले अन्य जिल्लामा रगत अभाव हुदा रुपन्देही जिल्लाबाट परिपूर्ति गर्दै आईरहेको जानकारी दिनु भयो । सोही अवसरमा साकोसको स्थापना दिवसको अवसरमा आयोजित बक्तृत्वकला प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । साकोसको स्थापना दिवस र खैरेनी सेवा केन्द्र उद्घाटनको क्रममा आयोजित रक्तदानमा १ सय १ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक पवन पौडेलले जानकारी दिनु भयो ।

रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रम माथि प्रकाश पार्दै साकोसका अध्यक्ष प्रमोद खनालले सामाजिक उत्तरदायित्व अन्र्तगत सेवा केन्द्रको उद्घाटन संगै रक्तदानको आयोजना गरेको बताउनु भयो । उहाँले खैरेनी क्षेत्रका शेयर सदस्यहरुलाई सहज बनाउनको लागि सेवा केन्द्र विस्तार गरेको बताउनु भयो । साकोसका अध्यक्ष खनालको अध्यक्षता, कार्यक्रम संयोजक पवन पौडेलको स्वागत र व्यवस्थापक केशव आर्चायको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।