तिलोचन दहाल
भाद्र–४,
निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था लि. देवदह रुपन्देहीले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको छ । स्थापना दिवसको अवसरमा सहकारीले कालिका आधारभूत विद्यालय देवदह–६, सरनबारीमा अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । सहकारीका उपाध्यक्ष शर्मिला पन्तको अध्यक्षता र देवदह नगरपालिका वडा नं.६ का वडा अध्यक्ष खेमबहादुर थापाको प्रमुख आतिथ्यतामा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै देवदह–६, का वडा अध्यक्ष खेम बहादुर थापाले बचतलाई महत्व दिनु पर्ने बताउनु भयो । उहाँले आम्दानीको केही अंश नियमित बचत गर्ने बानीको विकास गर्न सहकारीले वित्तीय साक्षरता सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । अध्यक्ष थापाले देवदह नगरपालिकाले विद्यालय एकीकरण र कक्षा घटाउने कुरा गरे पनि कुनै पनि हालतमा एकीकरण गर्न र कक्षा घटाउन नदिने बताउनु भयो । उहाँले विद्यालय एकीकरण गर्न खोजेमा वा कक्षा घटाउन खोजेमा आन्दोलन गर्ने दावी गर्नु भयो । वडा अध्यक्ष थापाले महिलाले नेतृत्व गरेका संस्थाहरु पारदर्शी र दिगो हुने बताउदै सहकारीको सदस्य बन्न आग्रह गर्नु भयो ।

कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य रुपा ढुंगाना, कालिका आधारभूत विद्यालयका अध्यक्ष धनबहादुर राना, प्रधानाध्यापक तेज बहादुर अर्याल लगायतले आ–आप्mना भनाई राख्नु भएको थियो । सचिव अविता गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहकारीका सञ्चालक, लेखा समितिका संयोजक एवं सदस्य, विभिन्न उपसमितिका सदस्यहरु, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

हाल सहकारीमा १३ सय भन्दा धेरै शेयर सदस्यहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *