शहरी स्वास्थ्य केन्द्र देवदह–४, भवानीपुरको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

देवदह साप्तहिक
स्वास्थ्य बीमाले उपचारमा महत्वपूर्ण भूमिका खेल्ने हुदा सम्पूर्ण नगरवासी स्वास्थ्य बीमामा जोडिनु पर्ने देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले बताउनु भएको छ । ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमा गर्दा ५ जना सम्मको परिवारलाई १ लाख रुपैया सम्मको स्वास्थ्य उपचार सेवा प्रप्तगर्न सकिने भएकोले स्वास्थ्य बीमामा जोडिन आवश्यक रहेको बताउनु भयो । देवदह नगरअस्पताल बीमाको प्रथम प्रश्थान विन्दु भएको कारण सेवा लिन समेत सजिलो हुने गरेको खरेलले दावी गर्नु भयो । देवदह नगरपालिका वडा नं. ४ को आर्थिक सहयोगमा शहरी स्वास्थ्य केन्द्र देवदह–४, भवानीपुरले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको उद्द्धाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले सबै नागरिक स्वास्थ्य बीमामा नजोडिदासम्म उपचार सहज नहुने हुँदा स्वास्थ्य बीमा सहजकर्तासँग समन्यवय गरेर बीमा गर्न अनुरोध गर्नु भयो ।


देवदह– ४ का वडा अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र देवदह–४ व्यवस्थापन समितिका अध्यक्ष दमननाथ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर उद्घाटन समारोहमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. विष्णु गौतम, देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले विशेषज्ञ सहितको स्वास्थ शिविरबाट धेरैले लाभ लिन सक्ने बताउनु भयो । शिविरमा छाला तथा यौनरोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, महिलाको सर्भाइकल क्यान्सरको भि.आई.ए. स्क्रिनिङ्ग परिक्षण सेवा औषधी वितरण सेवा प्रदान गरिएको थियो । महिला तथा स्त्री रोग विशेषज्ञ डा. विष्णु गौतम र छाला तथा यौनरोग विशेषज्ञ बिक्रम ज्ञवालीद्वारा बिशेषज्ञ सेवा प्रदान गरिएको थियो ।


शहरी स्वास्थ्य केन्द्र देवदह–४ व्यवस्थापन समितिका सदस्य लिलाबल्लभ भट्टराईको स्वागत र ईन्चार्ज मेघनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । निशुल्क स्वास्थ्य शिविरमा २८० जनाले सेवा लिएको शहरी स्वास्थ्य केन्द्र देवदह–४ का ईन्चार्ज मेघनाथ न्यौपानेले बताउनु भयो । छाला तथा यौनरोग सेवा १३० जनालाई र महिला तथा स्त्री रोग सेवा १५० जनालाई प्रदान गरिएको उहाँले बताउनु भयो । भि.आई.ए. परिक्षण १३० जनामा गरिएकोमा ६ जनामा पोजेटिभ भेटिएको न्यौपानेले बताउनु भयो । पोजेटिभ देखिएकाहरुलाई आवाश्यक उपचारको लागि माथिल्ला अस्पतालहरुमा रिफर गरिएको उहाँले बताउनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *