तिलोचन दाहाल

क्षमता विकासको लागि तालिम, गोष्ठी, अन्तरक्रिया, अध्ययन अवलोकन भ्रमण नभै नहुने कुरा हुन । क्षमता विकासको लागि हाल यी सबै कार्यक्रम गरिन्छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले क्षमता विकासका लागि तालिम, गोष्ठी, अन्तरक्रिया र तालिम निरन्तर सञ्चालन गरिए पनि प्रभावकारी बन्न सकेका छैनन् । क्षमता विकासका लागि गरिने कार्यक्रमहरु प्रकृया पुरा गर्नको लागि मात्र हुने गरेका छन् । संघीय सरकार देखि प्रदेश सरकार र स्थानीय सरकारले समेत हरेक बर्ष विभिन्न बिषयका तालिम, गोष्ठी, अन्तरक्रिया सञ्चालन गरे पनि प्रतिफल भने आउन सकेको छैन । यी सबै कामहरु प्रभावकारी हुन नसक्दा समाज विकासले गति लिन सकेको छैन । तालिम, गोष्ठी अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरेर बजेट सक्ने काम मात्र भईरहेको छ । क्षमता विकासका कार्यक्रमहरुलाई प्रभावकारी बनाउन आवश्यकता पहिचान गर्न सक्नु पर्दछ । आवश्यकता पहिचानले मात्र पनि सुधार हुन र प्रतिफल प्राप्त गर्न सक्ने अवस्था हुँदैन । तालिम, गोष्ठी अन्तरक्रिया सञ्चालन र फलोअफ पनि प्रभावकारी हुन जरुरी छ ।
क्षमता विकासका कार्यक्रमले ज्ञान, सिप प्राप्त गरी व्यावहार परिवर्तन गर्न हो भन्ने कुरा बुभ्mन जरुरी छ । क्षमता विकासका कार्यक्रमहरु प्रकृया पुरा गर्ने प्रकृतिका मात्र हुने गरेको अवस्था छ । क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नु अगाडि, आवश्यकता परिचान गर्ने काम गर्नु पर्दछ । तर यहाँ आवश्यकता पहिचान नै नगरी तालिम गोष्ठी, अन्तरक्रिया सञ्चालन गरिन्छ । यसरी सञ्चालन गरिने कार्यक्रम उपलब्धिको लागि भन्दा पनि कार्यक्रम पुरा गर्न र फोटो सेसनको लागि मात्र हुने गरेको अवस्था छ । स्थानीय नागरिकको आवश्यकता एकातिर र क्षमता विकासका कार्यक्रम अर्को तिर हुने गरेको अवस्था छ । तालिम, गोष्ठी, अन्तरक्रिया सञ्चालन गरिनु भनेको नाफा कमाउनको लागि हो भन्ने आम बुझाई रहेको कारण सकारात्मक सुधार भन्दा नकारात्मक तर्फ गईरहेको अवस्था छ ।
क्षमता विकासका लागि गरिने कार्यक्रम मध्ये सबै भन्दा धेरै तालिम हो । क्षमता विकास सचेतना र सिपयुक्त तालिम भनेर सञ्चालन गरिन्छ । प्रयाः सबै तालिममा एकै प्रकृतिका मानिसलाई सहभागी गरिन्छ । व्यक्तिको आवश्यकता पहिचान भन्दा पनि कम समयमा तालिम गरे जस्तो गरेर नाफा कमाउने ध्येय आयोजकको हुने भएको कारण समस्या थपिदै गएको अवस्था हो । तालिम पछि खर्चको हिसावले अवलोकन भ्रमण धेरै हुने कार्यक्रम हो । अवलोकन भ्रमण ज्ञान, सिप, सिक्ने र व्यवहार परिवर्तनको लागि भन्दा पनि मनोरञ्जनको लागि हुने गरेको छ । मनोरञ्जनको लागि भ्रमणको आयोजना गर्ने हो भने सुरुमानै स्पष्ट हुनु पर्दछ । तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठीमा आवश्यकता पहिचाननै गरिदैन । आवश्यकता पहिचान नगरी सञ्चालन गरिने यस्ता कार्यक्रमबाट उपलब्धी हुने कुरै भएन ।
अहिले तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी कस्तो प्रकारको आवश्यक छ भनेर आवश्यकता पहिचान गर्नु भन्दा पनि संघ संस्था वा कार्यालयले तोकेर बजेट बिनियोजन गर्ने गरेको पाईन्छ । यसरी तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी तोक्दा आवश्यकता एउटा हुन्छ तर तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी अर्को सञ्चालन हुने हुन्छ । तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी नाम त्यही भए पनि आवश्यक बिषयहरु समावेश नभएर आनावाश्यक जानकारी भईरहेको हुन्छ । यस्तै विभिन्न कारणले तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी प्रभावकारी हुन सकेका छैनन् ।
यी सबै तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी आयोजना गर्नु भन्दा अगाडि आवश्यकता पहिचान गर्नु पर्ने हुन्छ । आवश्यकता पहिचान नगरेकै कारण समस्या समाधान भन्दा बढिरहेको अवस्था छ । विभिन्न प्रकारका क्षमता विकास तालिममा बसेर पनि बैठकको माईन्युटसम्म लेख्न नसक्ने अवस्था छ । बैठक सञ्चालन समेत गर्न नसक्ने अवस्था देखिन्छ । त्यसैगरी व्यावसायिक सिप विकास तालिममा बसेका सहभागीले सामान्य काम समेत गर्न सकेको पाईदैन । तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी आदि सञ्चालन गर्नु अगाडि आवश्यकता पहिचान गर्नु पर्ने हुन्छ । यहाँ तालिमको अवश्यकता पहिचान सम्बन्धी चर्चा गरिएको छ । तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सबैमा यो प्रकृया पुरा गर्नु पर्ने हुन्छ । तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी प्रभावकारी बनाउनको लागि आवश्यकता पहिचान गर्नु अनिवार्य हुन्छ । तालिम सञ्चालन गर्नु अगाडि तालिम आवश्यकता पहिचान गर्न पाँच चरणहरु पुरा गर्नु पर्दछ । त्यसैगरी तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सबै सञ्चालन गर्नु अगाडि आवश्यकता पहिचान गर्नु पर्दछ । तालिमको आवश्यकता पहिचान गर्न आवश्यक ज्ञान सिप र व्यवाहार आवश्यक पर्ने हुन्छ । सही तरिकाले तालिमको आवश्यकता पहिचान गर्न नसकेमा तालिमा नाम मात्रको सञ्चालन हुनेछ र उपलब्धी शून्य जस्तै हुनेछ ।
तालिम आवश्यकता पहिचानका चरणहरुः
१. तालिमको आवश्यकता परिचान गर्ने
यस चरणमा कुन बिषयको तालिम सञ्चालन गर्ने हो, तालिम दिनु पर्ने कारण के के हुन् भनेर पत्ता लगाउनु पर्दछ । तालिम किन सञ्चालन गर्न आवश्यक छ भनेर यकिन गरेपछि मात्र अन्य कामहरु गर्नु पर्दछ । यसमा तालिम सञ्चालन ज्ञान, सिप, व्यावहार परिवर्तनमा के के गर्न आवशयक छ भनेर यकिन गर्नु पर्दछ । हामीले सञ्चालन गर्ने प्रायः सबै तालिमहरु ज्ञान प्रदान गर्ने मात्र सञ्चालन भईरहेका छन् । कतिपय तालिम त अनावाश्यक मानिसहरुलाई सञ्चालन गरिरहेका छौं । यसै कारण तालिम प्रभावकारी र व्यावहारिक हुन सकेको छैन । तालिमको डिजाइन गर्नु भन्दा अगाडि के छ ? र के हुनु पर्ने हो ? भनेर आवश्यकता पहिचान गर्नु पर्दछ ।
२.तालिमको आवश्यकता मूल्यांकनको डिजाइन गर्ने
यस चरणमा तालिम किन आवश्यकता छ । कसरी आवश्यकता पुरा गर्ने भनेर डिजाईन गरिन्छ । मुख्यगरी तालिम सञ्चालन गर्न आवश्यकता के के हुन भनेर छलफल गरिन्छ । यसरी छलफल गर्दा तालिमको वास्तविक विषयवस्तु तयार गर्न मद्दत पुग्ने हुन्छ । तालिम प्रभावकारी बनाउन यस चरणले महत्वपूर्ण भूमिका निभाउन सक्छ ।
३. डाटा संकलन गर्ने
तालिममा यो सबै भन्दा महत्वपूर्ण पक्ष हो । तालिम क–कसलाई आवश्यकता छ भनेर डाटा संकलन गर्नु पर्दछ । आवश्यकता पहिचान र तालिम आवश्यकताको मूल्यांकन डिजाइन गरेपछि तालिम चाहिने लक्षित समूह र व्यक्तिहरुको डाटा संकलन गर्ने काम गर्नु पर्दछ । यसरी डाटा संकलन गर्दा तालिमका बिषय र लक्षित समूह पत्ता लगाउन सजिलो हुन्छ ।
४.डाटा विश्लेषण गर्ने
तालिम आवश्यकता पहिचानको यो सबै भन्दा महत्वपूर्ण पक्ष हो । डाटा विश्लेषण गरेर मात्र तालिम आवश्यकताको यकिन गर्न सकिन्छ । आवश्यकता पर्ने मानिसहरु र आवश्यक बिषयबस्तु यकिन नगरी तालिम सञ्चालन गर्ने हो भने तालिम एकातिर आवश्यकता एर्कोतिर हुने हुन्छ । यसै कारण डाटा बिश्लेषण गर्दा बढी ध्यान दिन आव्श्यक छ । डाटा बिश्लेषण गरेर तालिमको आवश्यकता सही रुपमा पहिचान गर्न सकिन्छ ।
५. फिडब्याक लिने दिने
यस चरणमा तालिमको लक्षित समुहसँग बसेर प्रतिक्रियाहरु लिने दिने गर्नु पर्दछ । मूख्य गरी सही तालिम सही मानिसलाई उचित तरिकाले सञ्चालन गर्नु पर्दछ भनेर फिडब्याक लिने दिने गर्दा तालिमको सही आवश्यकता पहिचान हुने हुन्छ । अहिलेको तरिकाले तालिम सञ्चालन गर्दा उपलब्धी शून्य जस्तै हुने हुन्छ ।
सबै प्रकारका तालिम आयोजना गर्नु अगाडि तालिमको अवश्यकता पहिचान र सोही अनुसारका विषय वस्तु राख्न आवश्यक हुन्छ । तालिम मात्र होईन अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सबैको यसरीनै आवश्यकता पहिचान गर्न जरुरी छ । यसरी प्रकृया पुरा गरेर तालिमको आवश्यकता पहिचान गरी सोही अनुसार तालिम सञ्चालन गर्ने हो भने मात्र उपलब्धी प्राप्त हुने हुन्छ । तर अहिले भने तालिम कसलाई कस्तो चाहिन्छ भनेर यकिन नगरीकन तालिम सञ्चालन गर्ने गरिरहेका छौं । जसको कारण तालिममा सहभागी हुने मानिसहरुको आप्mनो पेसा व्यवसायमा सुधार हुन सकेको छैन वा उद्देश्य पुरा हुन सकेको छैन ।
अहिले तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन गर्ने भनेको कार्यक्रम सम्पन्नताको लागि प्रतिवेदन बनाउन मात्र हो भन्ने बुझाई प्रायः सबैसँग रहेको पाईन्छ । तालिममा प्रशिक्षकले समय नदिएको, बिषयबस्तु प्रभावकारी नभएको र समस्या समाधान र नयाँ ज्ञान, सिप प्रदान गर्ने र व्यावहार परिवर्तन भन्दा पनि प्रकृया मात्र पुरा भएको भनेर सहभागीले गुनासो गर्दा समेत सुधारको संकेत देखिदैन । कतिपय अवस्थामा तालिम समापन गर्दा प्रशिक्षकले समय नदिएको र बिषय बस्तुमा नसिकाएको गुनासो राखे पनि सुधार भने हुन सकेको पाईदैन । कतिपय अवस्थामा त तालिममा संख्या पु¥याउन सुरु र अन्त्यमा मात्र सहभागी आएर सबै दिनको सही गर्ने गरेको पाईन्छ । कतिपय संघ संस्था र कार्यालयले फोटो खिच्नको लागि मात्र तालिम सञ्चालन गरिदिनु प¥यो भनेर अनुरोध गर्ने गरेको समेत अवस्था छ ।
यसरी सञ्चालन गरिने तालिमले आम नागरिकको ज्ञान, सिप र क्षमतामा विकास हुने भन्दा पनि नामको लागि तालिम सञ्चालन गर्ने पद्धतिको विकास भईरहेको छ । अब तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन गर्नु भन्दा अगाडि आवश्यकता पहिचान नगर्ने हो भने परिवर्तनको लागि भन्दा पनि फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने काम मात्र हुनेछ ।
तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन गर्ने हो भने आवश्यकता पहिचान गर्ने, सोही अनुसार तालिम सत्र र बिषय बस्तु निर्माण गर्ने, उमेर अनुसार शिक्षण सिकाई पद्धति अवलम्बन गर्ने, तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सम्पन्न गरे पश्चात फलोअफ गर्ने र पुनः ताजगीको लागि तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन गर्ने काम गर्नु पर्दछ । यसरी तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन गर्न सक्ने हो भने मात्र उपलब्धी प्राप्त हुन सक्छ । यस तर्फ संघीय सरकार देखि लिएर प्रदेश सरकार र स्थानीय सरकारले र सम्पूर्ण सामाजिक संघ संस्था र बित्तीय संस्थाहरुले समेत ध्यान दिन जरुरी छ ।
कुनै बिषयमा तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन गर्नु भनेको सबै कुरा पुरा हुनु होईन । के आवश्यकता छ र के गर्दा उक्त आवश्यकता पुरा हुन्छ भनेर आवश्यक ज्ञान सिप र प्रविधि हस्तान्तरण गर्नु हो । तर यसप्रकारले तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन हुन नसक्दा तालिम लिने र दिने पेशामात्र भएको छ , व्यावहारमा सुधार आउन सकेको छैन । अव तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी सञ्चालन गरेर मुनाफा लिने भन्दा तालिममा सिकेका ज्ञान सिप र प्रविधि उपयोग गरेर व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ ।
तालिम, अध्ययन अवलोकन भ्रमण, अन्तरक्रिया र गोष्ठी जुन सुकै कार्यक्रम सञ्चालन गरे पनि ज्ञान, सिप र व्यावहरमा परिवर्तन के गर्न खोजिएको हो पहिलानै स्पष्ट हुन जरुरी छ । यसरी पहिलानै आवश्यकता पहिचान गरेपछि बल्ल बिषयबस्तु तयार गर्ने र कार्यक्रम सञ्चालन गर्दा सही प्रतिफल आउन सक्छ । यस कार्यमा तालिम प्रदायकहरुले बढि ध्यान दिन जरुरी छ । अब सबै तालिममा एउटै मानिसलाई सहभागी गराउने र एउटै मानिस सबै प्रकारका तालिममा सहभागी हुने प्रथाको अन्त्य गर्न सबै सचेत र सजग हुन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *